जनता र सेनाको सम्बन्ध विकासका सम्भावनाहरु

अबको दिनहरुमा नेपाली सेनाको सबै भन्दा ुलो खांचो जनता र सेना विचको सम्बन्ध (Civil Military Relation) सुधार्नु हो । विगतको दिनहरुमा नेपालको विभिन्न सरकार र सेना आफैले पनि यस पक्षमा मनोबैज्ञानिक ढंगले प्रभावकारी पहल गरेनन । हाल आएर सेनाबाट केही सोच र पहल कदमी भएका छन् । तर यो शुरुवात मात्र हो । सेना-जनताको सम्बन्ध विकास हुन दशकौको प्रयास चाहिन्छ । राज्यलाई पर्ने सेनाको आवश्यकता, यसको महत्व र इतिहास बारे राज्यले नै स्कुल, कलेज तथा विश्वविद्यालयको पा ्यक्रमहरुमा स्तर अनुसारको बुंदाहरु राखेर पढाउनु पर्दछ । जुन अरु देशमा विद्यमान छन् । त्यसैगरी सेनाले पनि आफ्नो योगदान, इतिहास र महत्व बारे प्रकाशन गरेर नागरिक समाज, स्कुल, कलेज, विश्व विद्यालयहरुमा पढाउनु र प ाउनु पर्दछ । देशले सैनिक इतिहास केवल व्यारेक भित्र मात्र पढायो भने नगन्य रुपमा छापिएका सैनिक इतिहास पनि व्यारेक भित्र मात्र राखिएको बुझिन्छ । सेनाको महत्व र योगदान अनि इतिहासबारे जनताले पढ्न पाएका छैनन् भने नेपाली शैक्षिक पा ्यक्रमहरुमा सेना, सुरक्षा र सेनाको ऐतिहासिक महत्वबारे उल्लेख नहुंदा सरकारको मन्त्रि तहमा पुगेका व्यक्तिहरुले समेत सेनाको सकारात्मक पक्षमा जानकारी नपाएर नै बोल्न सक्दैनन् । किनकी देशको नागरिक नै नेपाली सेनको मुल्य मान्यता प्रति Aware छैनन । सेनाले Civic Acton (औषधी बाढ्ने, बाटो बनाउने, स्कुल बनाउने आदी) तर्फमात्र जोड दिएको छ । यतिले मात्र सेनाको मुल्य मान्यता जनताले बुझ्दैनन । सबै भन्दा पहिला त देशको बाल बच्चा, युवा तथा प्रोढको मन मष्तिष्कले सेनाको देशलाई महृत्व, सुरक्षाको देशलाई खांचो र देशको बाल बच्चा, युवा तथा प्रोढको मन मष्तिष्कले सेनाको देशलाई महत्व, सुरक्षाको देशलाई खांचो र देशको राष्ट्रिय सेनाको इतिहास बुझ्नु जरुरी छ । त्यस पछि मात्र जनताबाट सेनाले मुल्य मान्यता पाउनेछन । नेपालको सैनिक इतिहासलाई हतिहासकारहरुले Political History को रुपमा लेखेका छन । जसले सेनालाई प्रत्यक्ष फाईदा पुर्याएको छैन । यर्सथ, इतिहासले नै कुनै पनि संस्थाको जग बलियो हुने कुरा प्रष्ट छ भने देशको शैक्षिक पा ्यक्रम शिक्षाको तह अनुसार उल्लेखित बुंदाहरु समावेश गर्नु नितान्त जरुरी छ ।

सेनाको महत्व झल्काउने स्थान भनेको सैनिक संग्रहालय (Military Museum) हो । बेलायत जस्तो सानो देशमा २०० भन्दा (Military Museum) बढी छन् । जहां देश विदेशका समेत शिक्षित तथा नपढेका व्यक्तिले पनि देखेर सेनाको महत्व बुझ्दछन । सार्वजनिक चोक, सडक तथा बाटोहरुमा सैनिक वीरहरुको सालिक राखिन्छ, सैनिक स्मारकहरु हुन्छन जसले जनताको श्रद्धा तान्दछ । सैनिक इतिहास सम्बन्धि Research गर्ने र प्रवचन दिने Scholar हरुलाई सेनाले Scholarship राखेको छ । जसबाट नया कुराको खोज हुन्छ भने सेनको पक्ष (For) मा विभिन्न शैक्षिक संस्थामा प्रवचन दिईन्छ ।जसबाट सेनको यशोबृद्धि भएको छ । नेपाली सेनामा इतिहासकाल देखिनै पसिना बगाउने काम प्रशस्तै भयो तर इतिहास लेख्ने र जनतालाई इतिहास पढाउने काम भएन । जसको कारणले जनता र सेना विचको खाडल पुरिएन । नेपाल सरकार वा सैनिक कल्याणकारी कोषबाट बाषिर्क १० लाख सम्मको गैह्र सैनिक School विचहरुको लागि छात्राबृत्ति राखेर सैनिक इतिहासको उत्खनन र सेना जनताको सम्बन्ध बढ्ने प्राज्ञिक कामको सुरुवात गर्नुमा उचित हुनेछ । साथै सेना र नागरिक समाजका बुद्धिजिवी, सेना र प्राज्ञहरु, सेना र पत्रकारहरु, सेना र सरकारको नीति निर्माताहरु तथा सेना र विदेशी कुटनितिज्ञ तथा एन.जि.ओ. विच अन्तरकृया हुनु पर्दछ । सुरक्षाको गोप्य योजना बाहेकको विषयमा उनीहरुलाई विद्यमान परिस्थितीमा कसरी अगी बढ्ने तथा विगतका सैनिक इतिहास र भविष्यका दिनहरुमा सेना जनता मिली पहल गर्नु पर्ने विषयहरुमा बोल्न लगाउने Attraction दिईनु पर्दछ । Civil Military Relation को लागि चाहिने नीतिको प्याकेजहरु गैह्र सैनिक विञ र मनोविज्ञहरुबाट तयार गराएमा त्यसको प्रतिफल राम्रो हुनेछ । सैनिक आंखाले मात्र बनाईएको प्याकेजले गैह्र सैनिकहरुको मन जित्न गाह्रो पर्ने भएकोले समाजशास्त्र सम्बन्धित मनोविज्ञहरुको योजना अनुसार सेनाले जनताको मन जित्ने कार्यक्रम बनाउनु पर्दछ । Military Civil Action ले मात्र पुग्दैन । मान्छेको मनमष्तिस्क बदल्ने खालको बैचारिक आन्दोलन शुरु गर्नु जरुरी छ । नेपाली सेनाको महत्व र इतिहास सेनाले मात्र बोलेर हुदैन, गैह्र सैनिक क्षेत्रबाट बोल्ने स्थिती तयार भएमा अति उत्तम हुनेछ । अन्य विकसित देशले थालनी गरे सरह नेपाली सेनाले पनि हरेक सैनिक अप्रेशन गर्नु अगाडी सेना भित्र (Need to Know Basis) मा गैह्र सैनिक पनि कानुनी र मानव अधिकार विज्ञहरुसंग छलफल गरी त्यस अप्रेशनबाट हुने राम्रा र कमजोरी पक्षको बारेमा कानुनी सल्लाह लिनु पर्छ । अनि, पत्रकारहरुलाई सुरक्षा दिएर Need to Know Basis मै सैनिक कारवाहीमा लानु पर्दछ । बन्दुक र गोलीको साथमा आम संचारलाई प्रयोग गर्न सकेमा यसबाट सैनिक कारवाहीमा ५० प्रतिशत शक्ति बढ्नेछ ।

नेपाली सेनाको महत्व र इतिहास बारे युवा पिढीलाई जानकारी गराउनु जरुरी छ । नेपालमा हाल करिब ६४ प्रतिशत (१५-२९बर्षा) युवा शक्ति छन् । यर्सथ सेनका जंगी अड्डादेखि गण गुल्म समेतको पहलतामा विश्व विद्यालयदेखि माध्यामिक विद्यालय तहसम्म पुर्याएर सेनाको मुल्य मान्यताबारे सक्षम सैनिक व्यक्ति वा गैह्र सैनिक प्राज्ञहरुबाट विद्यार्थीहरुलाई प्रवचन दिईनु पर्दछ । जुन कुरो शिक्षा र रक्षा मन्त्रालयको समन्वयबाट निर्देशन लिएर सैनिक वा गैह्र सैनिक पक्षहरुबाट गर्नु सम्भव रहेको छ । साथै सेनाले राजनिति गर्नु हुन्न तर राजनिती बुझ्नु पर्दछ । आजको जमानामा बैचारिक सिमाना छैन । राजनैतिक चेतनाले मान्छेमा परिपक्वता (Maturity) बढाउंछ भने सेनाले देशको स्थितीबारे थाहा पाउदछन भने राजनितीमा नै देशको सामाजिक, आर्थिक, धार्मीक, शैक्षिक पक्षहरु गासिएका हुन्छन । परेको बेला गैह्र सैनिक निकायसंग विश्वासको साथ अन्तरक्रिया गर्न सक्दछन सेनाले पनि । अनि एउटा सैनिक Political Subversion बाट विचलन हुदैन ।उसलाई गर्न हुने र नहुने काम Does and don't बारे थाहा हुन्छ । Political Swareness नभएर नै हाम्रो सैनिक परिवारले राजनैतिक नेता तथा अन्य बुद्धिजिवीसंग खुलेर कुरा गर्न नसकेको महसुस हुन्छ । यर्सथ समाजवाद, पुजीवाद, राज्य, सुरक्षा, जनता देशको राजनैतिक स्थिती चित्रण हुने जस्ता विविध विषयहरुलाई सेनाको विभिन्न तालिमहरुमा समावेश गर्राई गैह्र सैनिक प्राज्ञहरुबाट प्रवचन दिलाईएमा फाईदा पुग्ने देखिन्छ । यसबाट पनि सेना - नागरिक सम्बन्ध बढ्नेछ । प्राज्ञहरुको आंखाबाट पनि सेनाको बास्तविकता देखिनेछ । यसले संस्थालाई फाईदा पुर्याउंदछ ।

नेपाली सेनाको अंगहरु हरेक जिल्लामा रहेका छन् । ति सैनिक संस्थाहरुबाट जिल्ला जिल्लामा रहेका दलित, अपाङग र अति गरिब परिवारका केही विद्यार्थीहरुलाई शुल्क सिधै विद्यालय तथा कलेजहरुलार्य तिरी दिएर (बोडिङ होईन) शिक्षा क्षेत्रमा जनताको उपकार गर्न सक्छन् । साथै विद्यालयहरुमा गएर सेनाले शारिरीक तालिम -Physical Training) तथा National Cadet Crops (NCC) सिकाउन पनि सकिन्छ । यो योजना जंगी अड्डाले पनि संचालन गर्न पहल गर्न उचित हुनेछ । जसबाट सेना र युवा नागरिकसंग सम्बन्धमा राम्रो हुनेछ । शिक्षक तथा विद्यार्थीको मन जित्ने प्रयास भएमा नेपालमा नागरिक सेनाको सम्बन्ध सुध्रिन धेरै समय लाग्ने छैन ।

श्रब्य दृश्य साधनले मान्छेलाई छिटै असर पार्दछ । यर्सथ सेनाले नेपाल एकिकरणदेखि हालसम्मका विदेशी मित्रराष्ट्रलाई पुर्याएको सैनिक सहयोगहरु जस्तैः नेपाल एकिकरण युद्धहरु, भारतको सिपाही व्रि्रोह, पहिलो र दोश्रो विश्व युद्धहरु, हैदरावाद समस्या, नेपाल-अंग्रेज युद्धहरु, नेपाल, तिब्बत, चीन, युद्धहरु, शान्ति सेनाको भुमिका प्रकृति तथा बन्य जन्तु संरक्षण, Civic Action तथा National Development जस्ता विषयमा सिनेमा बनाई पालैपालो देशभरिकै सिनेमा हलहरु र विद्यालय तथा र्सार्बजनिक स्थलहरुमा निःशुल्क देखाउने प्रावधान भएमा यसबाट नागरिक समाजमा द्रुत गतिबाट सेनाकोर् इतिहास बारे जानकारी बढ्नेछ र यसले Civil Military Relation मा इटा थप्ने विश्वास लिईन्छ । सैनिक कार्यक्रमबाट मात्र पुग्दैन, सबै नेपालीले TV हेन पाउदैनन् र कित्तिले भ्याउदैनन् पनि । अर्का कुरा नेपाल सरकार मार्फ सेना (रक्षा मन्त्रालय) ले नेपालका सम्पूर्ण सांसद, नीति निर्माता, उच्च तहका कर्मचारी, पत्रकार, मानव अधिकारकर्मी, एन.जि.ओ. तथा शिक्षकहरुलाई राष्ट्रिय सुरक्षा सम्बन्धि बोल्न हुने र बोल्न नहुने कुरोको विषयमा सेमीनार चलाउनु पर्दछ । किनकी राष्ट्रको सुरक्षा भनेको सबैको लागि हो । देशका नेता, उच्च तहका कर्मचारी, पत्रकार तथा नीति निर्मातालाई राष्ट्रिय सुरक्षा र सुरक्षाकर्मीको महत्वमा ज्ञान नभएकोले नै विगतका दिनहरुमा बढी आलोचना मात्र भएको भनेमा अन्यथा नहोला । छिमेकी राष्ट्रहरुमा राष्ट्रिय सुरक्षा सम्बन्धि र्सार्वजनिक स्थानमा टिका टिप्पणी नहुनुको कारण पनि यही हो । यर्सथ रक्षा मन्त्रालय मार्फप्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई पनि समावेश गरि पहल हुनु पर्दछ । यो पनि भुल्नु हुन्न की, आजको युग भनेको आम संचार (Mass Medis) को युग हो । युद्धमा समेत जसले Mass Media को प्रयोग गन सक्तछ, त्यसैले Popularity बढाउछ र युद्ध जित्दछ । यो पक्ष भनेको दुवैतिर धार (Double Edge) भएको हतियार हो । मतलब यसले पक्ष र विपक्षमा कलम चलाउंदछ । यर्सथ, नेपाली सेनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय Mass Media हरुलाई चित्त बुझाएर र तार्कीक अन्तरक्रिया गरी शंका उपशंका हटाएर राम्रो सम्बन्ध राख्ने प्रयास गर्नै पर्दछ । जबसम्म Mass Media ले सेनाको पक्षमा लेख्दैन र विरोध गरी रहन्छ तब सम्म राम्रो काममा पनि जनधारणा सेनाको पक्षमा ल्याउन गाह्रो हुनेछ । नेपाली सेनाले Media Diplomacy कार्यक्रम राखेर सम्बन्ध सुधार गर्ने सम्भावना प्रशस्तै छ । Mass Media सम्बन्धि अध्ययन गर्ने गैह्र सैनिक विद्यार्थीहरुको लागि छात्रबृत्ति प्रदान गर्न सकिन्छ भने अन्य केही देशमा भएको जस्तै High Profile भएका पत्रकारहरुलाई करार सेवामा कम्तीमा पनि मेजर दर्जामा भर्ना गरी काममा लिईएमा अति राम्रो हुनेछ भन्ने महसुस गरिन्छ । जसबाट सेनामा आम संचारको महत्व बढी सेना र संचार विच सम्बन्ध राख्नु पर्ने संस्कारको विकास हुनेछ ।

जुन सुकै क्षेत्रमा पनि Academic Qualification को ुलो भुमिका रहन्छ । अन्य कर्मचारीहरुमा ग्याजिटेड अफिसर भर्ना गर्न न्युनतम योग्यता स्नातक राखिएको छ । सो Back Ground भएका कर्मचारीको सोच, तर्क र काम गर्राईमा Broadness हुन्छ भने त्यो व्यक्तिमा सामाजिक तथा राजनैतिक चेतना पनि उच्च हुन्छ । साथै बदलिदो परिस्थितीमा उसलाई Moulding गर्न पनि सजिलो हुन्छ । मनोबैज्ञानिक भाषाबाट लेख्नु पर्दा कम शैक्षिक योग्यता भएको व्यक्तिहरु प्रायजसो आफुलाई लुकाएर राख्ने, अन्तक्रिया नगर्ने, सागुरिएको सोच राख्ने र चाडै रिसाउने मनोभावनाको हुन्छन । यर्सथ कुनै पनि क्षेत्रको अधिकृतको लागि Main Base भनेको शिक्षा हो । नेपाली सेनामा हालको प्रचलन अनुसार सिनियर क्याम्ब्रिज गरेको एउटा कलिलो व्यक्ति पनि सेकेण्ड लेफि्टनेन्ट बन्न सक्छ भने सैनिक पेशामा लागेपछि उसले शिक्षा तर्फविकास गर्ने फुर्सत पनि पाउदैन । उसले एउटा सेना मुखलाई नेतृत्व दिनै पर्दछ । तर पेशागन र सामाजिक देखाउन उसलाई निकै समय लाग्दछ । यसरी हुर्केका अधिकृतमा सैनिक तालिमबाट उच्च तहमा पुगेता पनि मेजर तहतिर पुगेपछि मात्र परिपक्वता बढेको पाईन्छ । त्यसमा पनि Academic Education को कमीले उसमा हिनता भाव बढी बौद्धिक जतका गैह्र सैनिक व्यक्ति तथा Civil Society बाट टाढा रहन चाहन्छ । यर्सथ Civil Military Relation बढाउन नेपाली सेनाको अधिकृतहरुमा Academic Qualification बढाउनु पर्दछ । जुन समस्याको कुरो होईन । किनभने नेपालमा २२ बर्षसम्मको स्नातक तह पढेको व्यक्तिलाई सजिलैसंग सेनामा भर्ना गर्न सकिन्छ । सेनाका अधिकृतहरुलाई सैनिक एकेडेमीमा स्नातक गराउनको लागि हाल ुलो धनराशी खर्च भएको छ । जुन खर्चको बचत हुनेछ । अरु देशको व्यवस्थाले मात्र हाम्रो देशमा सान्दर्भिक नहोला ? पेशागत तालिम र उच्च शैक्षिक योग्यता भएका सैनिकहरुबाट नेपाली सेनामा समयानुकुल सोचको विकाश हुनेछ । यद्यपी, प्राज्ञीक योग्यताले मात्र सेनामा काम चल्दैन । यसमा पेशागन तालिमहरुले नै सैनिक अधिकृत हुन योग्य बनाउंछ, पढेर मात्र सेनामा हुदैन यसमा आफ्नै परिधी हुन्छन । जे होस शिक्षाको पृष् भुमीमा हुर्केका सकल सेनाले अवस्य पनि अझै राम्रो जन भावना लिएर काम गर्ने छन र सेना जनताको सम्बन्धमा कोसे ढुंगा बन्नेछ भन्नुमा अन्यथा नहोला ।

अन्तमा, सेना र जनताको सम्बन्ध भनेको दुवै थरिको प्रयासबाट मात्र सम्भव छ । सेनाको मात्र प्रयासले हुदैन । देशको आम नागरिकः विद्यार्थी, पत्रकार, मानव अधिकारकर्मी, राजनितिज्ञ, प्राज्ञ, कर्मचारी तथा राज्यको व्रि्रोही पक्षले समेत नेपाली सेनाको इतिहास पढ्न जरुरी छ । सेनाको इतिहास पनि देशकै इतिहास हो । सेनाले गरेका राम्रा कार्यहरु सबै नेपालीका सम्पति हुन भने कमजोर पक्षलाई औल्याएर त्यसमा सुधार गर्न जनताले नै दवाव दिनु पर्दछ । द्धन्द फैलिएको देशमा जहां पनि राष्ट्रिय सेना वा सुरक्षाकर्मीको विरोधमा आवाज उ ्छन । यसमा देश भित्रैका राज्यसंग असन्तुष् र विदेशी शक्तिको पनि चलखेल हुन्छन । योजनाबद्ध तरिकाले सुरक्षा अंगका नराम्रा पक्ष मात्र देखाईयो भने सेनाले जनताको साथ पाउदैन र जनताबाट अलग्गीनु पर्दछ भने सेनाकेा मनोवल तल र्झछ । यसबाट राज्यको विरोधीहरुले फाईदा उ ाउंछन । सेनाको मनोवल भनेको जनताको स्यावासी हो । आजको जमानामा सेना सधै जनताको मातहतमै हुनु पर्दछ भने प्रजातन्त्रलाई फलाउन फुलाउन नै सेनाले साथ दिनु पर्दछ । डिफेन्र्सर् इन डेमोक्रेसी र डिफेन्स डिप्लोम्यासी (Defence in Democracy and Defence Diplomacy) मा सेनाको अग्रगमन हुन पर्दछ भने यस तर्फमार्ग दर्शन गर्नु नागरिक समाज र राज्यकेा कर्तव्य हो । नागरिक समाजले सेनालाई मार्ग दर्शन दिनु पर्दछ केबल गाली गरेर मात्र हुदैन । त्यही नागरीक समाजकै नागरिक नै नेपाली सेनामा छन । हामी नेपालीको संस्कार, परम्परा र सोचाई जे छ सेना पनि त्यही परिवेशमा अलग्ग रहन सक्दैन । सेना भनेको राष्ट्रिय अंग हो भने सैनिकहरु जागिरे मात्र हुन । यी जागिरे र गाडीको टायरमा केही फरक हुदैन । गाडी जता मोडिन्छ टायर त्यतै गुड्न कर लाग्छ । त्यसै गरी राज्यले जता गुडाउदछ सेना त्यतै गुड्छन । राष्ट्रिय सेना जहिले पनि राज्यले नै गुडाउंदछ । यस सत्यलाई सम्पूर्ण बुद्धिजिवीले मनन गरी सुरक्षा अंगहरुको बास्तविक कुरो प्रचार प्रसार गर्नु मै जनता र सेनाको सम्बन्ध सुध्रिने कुरोमा दुई मत हुन सक्तैन । विगतका कमीकमजोरी सेनाले सच्याउनै पर्दछ भने आम नागरिकले पनि पूर्वाग्रही सोच मात्र नराखी मार्ग दर्शन अवश्य दिनु पर्दछ ।