नेपालमा जनता र सेनाको सम्बन्ध विकाश तथा त्यसबाट राष्ट्रिय सुरक्षामा पर्ने असर

डा. प्रेमसिंह बस्न्यात
इतिहासमा नेपाल एक ुलो राज्य थियो भन्ने प्रमाण पाईता पनि गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपालको एकिकरण थाल्नु अगाडी नेपाल करिब ५१/५२ राज्यमा विभक्त थियो । त्यस बेलाको प्रचलनलाई विश्लेषण गर्दा राज्यहरुको राष्ट्रिय हित र स्वार्थलाई भन्दा पनि राजाहरुलाई नै दैवी सिद्धान्तको आधारमा र्सवे र्सवा ानिन्थ्यो । राजाको इच्छा नै राज्यको इच्छा मानिन्थ्यो । त्यस बेलाका राजाहरुमा राष्ट्रिय सुरक्षामा खासै चासो थिएन । किनभने भारतमा बेलायती, फान्सेली तथा पर्चुगाली सैन्य शक्तिहरु आई लर्डाई भिर्डाई गरी विभिन्न राजा रजौटाहरुलाई खेदी, ति स्थानहरु उक्त विदेशी शक्तिहरुको उपनिवेशमा पुगी सक्दा पनि यता नेपालमा भने बाईसे चौविसे लगायतका अन्य राज्यहरुमा Security Awareness आएको पाईदैन । राजधानी र छेउछाउमा केही Castle and Fort बनाउनु बाहेक उनीहरुले Standing Army, Weapon and security strategy सम्बन्धि Effective रुपले केही गरको देखिदैन । केही गरी दुश्मन आई लागेमा परेको बेलामा जनतालाई बोलाई, खेतलारुपी सेनाले आ आफ्नो घरेलु हतियार लिई लर्डाई लड्थे, अनि घर र्फकन्थे । यद्यपी यो People's War को स्वरुप थियो । त्यस बेला पनि जुम्ला राज्यमा करिव २२ हजार सेना थियो भन्ने देखिन्छ । यद्यपी, गोर्खा राज्यको सानो फौजले जुम्लालाई हराएको इतिहास पड्दा उक्त संख्यामा जुम्ली फौज थियो भन्ने कुरामा पुनः विवेचना हुनु जरुरी छ । बास्तवमा त्यस बखतका जनतामा Nationality संग भन्दा पनि राजा As a individual संग बढी महत्व थियो । लर्डाईबाट राजा हारे र अर्का राजा आए भने पनि दैवी शिद्धान्तको प्रभावले ति राजालाई पनि जनताले सहर्ष स्विकार्दथे । राजाका केहि भाझ भारदार बाहेक अरुलाई Politics and Security सम्बन्धि चासो हुदैनथियो । अंग्रेजी फौज नेपालको सिमासम्म आईपुग्दा पनि त्यस बखतको नेपालको राजा रजौटाहरुले व्यवस्थित सुरक्षालाई महत्व दिएको देखिदैन । सन १७६८ अगाडी राष्ट्रियताको लागि अड्नु र लड्नु भन्दा पनि दिल्लीको बादशाह, चीनको बादशाह तथा भोटको शक्तिलाई रिझाएर तत्कालिन राजाहरुले आफुलाई टिकाउन खोजेको पनि देखिन्छ । जसले गर्दा सुरक्षा पक्षमा बाह्य शक्तिको संरक्षण लिन गै हामी नेपालीहरु परजीवी बन्न गएका थियो जस्तो पनि लाग्दछ । जसले गर्दा Security Evolution मा नेपाल पछाडी पर्नु परेको तथ्यलाई नकार्न सकिदैन ।

पृथ्वीनारायण शाह गोर्खाको राजा भएपछि वहांको व्यक्तिगत महत्वकांक्षाबाट नेपालको सैन्य शक्तिकेा विकासको साथै Nationality, National Security and Security Troops को महत्व बढेको बुझिन्छ । वहांको Unification Campaign बाट नेपाल भरीका बाईसे चौविसे लगायतका अन्य राज्यहरुमा Security awareness बढेको थियो । यद्यपी, Standing Army लाई अझै महत्व दिईएन । बरु भारतीय राज्यहरुबाट भाडाका सैन्यहरु (Mercenary troops) ल्याएर सुरक्षा गर्ने काम भयो । उदाहरणको लागि सन् १७६५ अगाडी कान्तिपुरका मल्ल राजा जयप्रकास मल्लले कुमाउं गडवाल तर्फबाट झिकाई नगरकोटी जातका भाडाका सेना जम्मा गरेका थिए । ति नगरकोटीहरु राजपुत प्रकारकै लडाकु बंशिय थिए । ति Mercenary troops, Security tool भएर पनि उनीहरुमा Nationality feeling नभएर राज्यले फाईदा लिन सकेन भने Security tools प्रति नै जनमानसको सद्भाव बढेन । राजा पृथ्वीनारायण शाह तथा वहांको कान्छो छोरा राजकुमार बहादुर शाहले नेपालको Security Awareness मा ुलो Evolution ल्याएका थिए । राजा पृथ्वीनारायण शाहलाई Pioneer of Nepalese National Security मानिनु जरुरी छ । हालसम्मको Security व्यवस्था वहांकै पाला देखिको Legacy हो भने वहां नेपालको सबै भन्दा उच्च तहका Security Strategist थिए । त्यस भन्दा पनि बढी वहांमा राजापन भन्दा पनि सिपाहीपन थियो । त्यहि तिखारीएको सिपाहीपनले गर्दा नै वहां Strategy and diplomacy मा सफल रहे ।

Nepalese History of Security Evolution लाई खोतल्दा पृथ्वीनारायण शाह आफु Security Strategist भएर पनि छिमेकी मुलुकहरुमा रहेको Security module बाट isolate रहेको देखिन्छ । चीन टाढा रहेपनि दक्षिणतर्फ नजिक आईपुगेका अंग्रेजहरुलाई Christian धर्मको नाममा उनीहरुलाई नेपालको सीमा टेक्न दिनु हुन्न भन्ने धारणाले वहांको Political aim मा आंशिक सफलता मिलेता पनि औधोगिक क्रान्ति पछि युरोपमा सुधारिएको Security Strategy, War Materials and Security tools बाट नेपालले लिन सक्ने फाईदाबाट टाढिन परेको थियो । हरेक कुराको विकास हुनुमा एक अर्का सभ्यता वीचमा अन्तरकृया, साटा साट, आदान प्रदान र भाईचारा हुनु जरुरी छ । Civilised and Developed Western Countries संग isolated हुनु भन्दा Diplomacy बाट सम्बन्ध राखी उनीहरुलाई Contain गरेको भए पृथ्वीनारायण तथा बहादुर शाहको सैनिक नेतृत्व कालमै पनि नेपालको शिक्षा तथा Security Aspect मा ुलो परिवर्तन आउन सक्थ्यो । बास्तवमा हाम्रो हरके पक्षमा हामी पछि पर्नुमा पाश्चात्य सभ्यतालाई अन्तराष्ट्रिय सिमामा थुनेर हामी आफ्नै Traditional र रुढीबाढी संस्कारमा बस्नु पनि मुल कारण थियो । नेपालको एकिकरण नरोकुन्जेल नेपालमा बृहत सैनिकीकरण भयो, नेपालको सीमाना पुर्वमा टिष्टादेखि पश्चिममा अलकान्दा नदीसम्म पुग्यो भने समाजमा सेनाको प्रतिष् ा बढ्यो । त्यसबेलाको सैनिक पक्षलार्य समाजले जागीरको रुपमा देखेता पनि देशको National Security लाई महत्व बढाउने खालको “मेरो देश मेरो गौरव" भन्ने सामाजिक क्रान्ति ल्याउन सकेन । फलस्वरुप Anglo-Nepal War (Nepal-Company War पनि भनिन्छ) मा नेपालमा People’s War हुन नसकी Military War मात्र भयो । त्यत्रो ुलो प्रदेश गुमाएर मेची महाकाली विचको नेपालमा बस्नु पर्‍यो । हामीले आफ्नो इतिहासलाई जसरी लेखेता पनि Anglo Nepal War मा हामीले हार खानु पर्‍यो र जसको पीडा अत्यन्तै दुःखदायी रह्यो । यहां भन्न खोजेको Jist के हो भने देशमा Security Awareness भएको भए ति बलिया बैरीलाई पनि नेपालीले People’s War लडी अफगानिस्थानबासीले आफ्नो देशबाट रुसीहरुलाई खेदेको झै गर्न सक्दथे । यर्सथ Militarization ले देशमा Security Evolution ल्याउंदछु भन्ने कुरामा विश्वास गर्न सकिन्न । यो जन चेतना र Civil-Military relation बाट हुने कुरा हो ।

Nepalese Security Evolution लाई हेर्दा काजी तथा जनरल भीमसेन थापाले नेपाली सेनालाई सुधार गर्न छाउनी -व्यारेक) बनाउने, Uniform लगाउने, हतियार गोलीग ् ाको विकास तथा फान्सेली सैनिक प्राविधिज्ञ झिकाई Materials मा विकास गर्न खोजे । सेनामा पश्चिमा दर्जा र संग न (Western rank and file) राखे । नेपालको पहिलो जर्नल आफै बने, बाउ, भाई, भतिजालाई पनि दोश्रो जर्नेल कर्नेल बांढे । यद्यपी, देशको आम नागरिकमा Security Awareness बढाउने काम हुन सकेन । सुरक्षा पक्ष र सुरक्षा सेना देशको गौरव हुन भन्ने खालबाट सामाजिक मुल्य मान्यता बढेन । उनले आफु, बाबु तथा भाई भतिजालाई General Colonel Rank बाढेर Ragiment, Battalion and Company हरुलाई ति आफ्नै परिवारको मातहतमा राखी सेनालाई राज्यको आदेश भन्दा पनि भीमसेन थापा र उनको खलकको आदेशबाट चल्ने गरी परिवारबादको Security module जन्माए । नेपालको सुरक्षा पक्षमा भीमसेनको ुलो पकड भयो भने सुरक्षा अंगलाई उनको शासन शक्ति संचालन गर्न Tools, र त्यसमा पनि सेना भनेको सर्व साधारण जनता माथि डरत्रास देखाउने “हाउगुजी" को रुपमा प्रयोग हुन थाल्यो । पृथ्वीनारायण शाहले बसालेको योग्यताको आधारमा सेनाको माथिल्लो दर्जा पाउने अनि सेना राजाको मातहतमा रहने स्थिति नभै परिवारको मातहतमा हुन थालेपछि सेनाका माथिल्ला दर्जाहरु Profession लाई भन्दा सामाजिक मर्यादा र Fashion को लागि थपना हुन थाल्यो र सेनालाई समाजमा “हाउगुजी" को रुपमा प्रयोग गर्न थालेपछि, समाजमा सेनापतिको मुल्य मान्यता घट्न गै जनताहरुमा सुरक्षा अंग र सुरक्षा पक्ष भन्दा टाढा रहने संस्कार बढ्न थाल्यो । यसबाट Security Evolution /Awarness मा ह्रास आएको पाईन्छ भने सेनामा जहानीया शासनको श्री गणेश भयो । यही संस्कारको सिकोबाट सुवेदार जंगबहादुर कुंवर पछि गएर जनरल, प्रधानमन्त्री तथा श्री ३ महाराज बन्न पुगे भने उनकेा सन्तानले १०४ बर्षबास्तविक राज्य चलाउन पनि सफल भए ।

सन १८४६ 9B.S. 1902) को कोत पर्वबाट नेपालको राजनीतिमा ुलो परिवर्तन आयो । अंग्रेजहरुको चाकडीको खातीर जंगबहादुरको पहलतामा नेपालले भारतमा भएको सन् १८५७ को Sepoy mutiny लाई दमन गर्नको लागि फौज प ाएपछि नेपालले National Security and Security awareness सम्बन्धि केही ज्ञान पक्कै पाएको थियो । किनभने जंगबहादुर स्वयं र उनका भाई खलक समेतले सो सैनिक कारवाहीमा भाग लिएका थिए भने भारतीय रजौटाहरुको National Unity र Security Will लाई अंग्रेजहरुको divide and rule policy ले सखाप पारेको कुरा नजिकैबाट देखेका थिए । त्यसको अतिरिक्त उनको बेलायत भ्रमण पछि त जंगबहादुर र उनको टोलीले भारतीय महादीप, श्रीलंका, मिश्र, फान्स, बेलायत लगायतका मुलुकका Military management, war materials and security strategy बुझ्ने मौका पाएकै हुनु पर्दछ । उनको भ्रमण पछि नेपालमा धेरै पक्षको सुधार भयो भने सेनामा त प्रशस्तै उच्च पद, श्रीपेच तथा भड्किला पोशाक शुरु भए । उनको पालामा Security related intelligence collection, denial of own intelligence, physical security of man and material, defence diplomacy with then super powers. Development of military affairs आदी भएका छन । यद्यपी, उनको पालाबाट राणाकाल भरी सेनाका अधिकृत तह जती राणा परिवारलाई र तल्ला दर्जा जति अन्य बर्गले पाउने Culture बस्यो । नगन्य रुपमा अन्य बर्ग र जातले पनि सेनामा अधिकृत दर्जा पाएको देखिन्छ । यसबाट सैनिक पेशाले Civil military relation बढाउनु भन्दा माथिल्लो र तल्लो बर्ग देखिने गरी सामाजिक विखण्डन ल्यायो र समाजमा, अधिकृत बर्ग शासक र अन्य दर्जा 9बर्ग) शासितको रुपमा देखिए । ुलो सानाको भेदभाव जाग्यो । Certain cast/family को मातहतमा सेना रहे भने उच्च दर्जाहरु योग्यताको आधारमा न भै जन्म सिद्ध पाउने भए । यि उच्च सैनिक अधिकृतहरु नै सर्व साधारणको लागि भगवान, भाग्य विधाता र प्रभुको रुपमा अवतार लिए । उनीहरु नै नेपालको बोल्ने देवता बने । पृथ्वीनारायण शाहले कल्पना गरकेा सबै जातको फुलवारीमा अब एउटा जातको मात्र अधिकार जम्यो । यसरी सैनिक व्यवस्थापनाबाट पनि नेपाली समाजमा ुलो खाडल पारेको थियो । भीमसेन थापकै पालादेखिको जहानिया Militarisation, सेनाको भरमा देश चलाउने र सेना लगाएर जनता तर्साउने चलन त थियो नै । त्यसमा पनि सेनाको बलबाट भिमसेन थापाले गराएको हत्याकाण्ड, जंगबहादुरले गराएको कोत पर्व र भण्डारखाल पर्व र प्रधानमन्त्री रणोद्धीपसिंहको हत्या, ३८ साल पर्व, खडग शम्से, बद्रीनरसिंह राणा र रुद्र शम्सेरको देश निकाला जस्ता कहाली लाग्दा कुकृत्यबाट सेना देखि जनताहरु अझै तर्सिन पुगे । यसरी राणा period मा सेना र जनतावीच brotherhood बढ्न सकेन । उता राणाहरुमा Militarization त भयो तर Civil Military relation नहुदा Security Awareness हुन सकेन । नेपालको Defence Deplomacy को इतिहासमा राणा कालमा उच्च सैनिक अधिकृतहरुले थुप्रै देश भ्रमण गरे भने भारतमा भएको सिपाही विद्रोह, पहिलो विश्व युद्ध, दोश्रो विश्व युद्ध, अफगानीस्तान र हैदरावादको समस्यामा समेत बेलायतको सहयोगको लागी थुप्रै नेपाली सेना प ाइए । त्यसबाट नेपालीहरुले सुरक्षा सम्बन्धि धेरै ज्ञान र अनुभव बटुले । बास्तवमा नेपालमा Security Awareness बढाउन राणाकाल एकदमै Fertile थियो । विभिन्न स्वार्थबस राणाहरुले यस पक्षमा चासो नै लिएनन भने समाजमा सेना र जनतावीचको खाडल कायम नै रह्यो ।

सन् १९५० बाट नेपालमा प्रजातन्त्र शुरु भयो । देशमा नेताहरुले high sounding गरे । अशिक्षा र गरीवीले व्याप्त नेपालमा सबै पक्षमा तुरुन्तै परिवर्तन हुनु सम्भव थिएन । प्रजातन्त्रको लागि लडेका नेताहरुले देशको व्यथा बुझ्नु भन्दा पनि राणाहरुले लगाएको श्रीपेच, उनीहरुको पोशाक, धन, रवाफ, शान-मन झल्झल्ती संझेका थिए । जनतालाई Motivation र सामाजिक एकता ल्याउनु भन्दा उनीहरु सत्ता संर्घषमा लागे । अझै सेनालाई राणाहरुकै Baby र समाजमा “हाउगुजी" को रुपमा हेरिन्थ्यो । प्रजातन्त्र आएपछि सैनिक संग नमा सुधार ल्याउन सेनाको नयां नेतृत्व पंक्तिमा राणा विरोधी Group का राणाहरुबाटै नियुक्ती गरियो । ति राणा पनि शक्तिमा भएका राणाहरुबाट निकालिएका, लखेटिएका र ऐेस आरामबाट तिर्खाएका थिए । उनीहरुमा श्रीपेच लगाउने Hangover त छदै थियो । उदाहरणको लागि कर्नेलबाट एकचोटी लेप्टिनेन्ट जनरल (३ तह टपेर प्रमोशन दिइएका) बनाईएका तोरण शम्सेर राणाले प्रधानसेनापति भएपछि श्रीपेच लगाउन खोजे । तर नपाएपछि उनले अरु क्याप (Cap) नै लगाएनन र मुडुला टाउकोमा हिडे भनिन्छ । उनको प्रधानसेनापतिको कुनै पनि फोटोमा टोपी लगाएको भेटिन्न । तत्कालिन राजनैतिक शक्तिले उनीहरुलाई राजा श्री ५ त्रिभुवन मार्फ उच्च सैनिक तहमा नियुक्ति दिएता पनि पछि गएर सैनिक र राजनैतिक नेतृत्ववीच न्यानो सद्भाव बढेन । किनकी, राजनैतिक नेतृत्व सर्व साधारण परिवारका थिए भने सैनिक नेतृत्व आखिर So called उच्च परिवारबाट सम्हालियो । “भेडा भेडा संग बाख्रा बाख्रासंग" भने झै भेडा र बाख्राको विचमा सामिप्यता बढेन । सैनिक शक्तिले प्रधानमन्त्रीलाई टेरेनन । उदाहरणको लागि प्रजातन्त्र पछिको पहिलो र्सब साधारण बर्गबाट आएको प्रधानमन्त्री मातृका प्रसाद कोईरालालाई तत्कालीन सैनिक नेतृत्वले टेर पुच्छर नलगाए पछि, उनले पनि राजा त्रिभुवन कहां गै Report गरे । अनि मातृकाले आफुलाई Uniform लगाउने Four Star General गरे । जसको उद्धेश्य थियो राणा जर्नेलहरुलाई तह लगाउनु र उनीहरुबाट सलाम खानु । राजा त्रिभुवनले पनि मानको खातिर ९honourable० जर्नेल दिए । प्रधानमन्त्री मातृका अब सैनिक पोशाकमा टुडिखेलको खरिको बोटमा पुगे, तैपनि राणाहरुले नटेरेपछि उनले सैनिक पोशाक कहिलै लगाएनन रे । Democracy ले Defence लाई सम्हाल्नु पर्दथ्यो । Democratic Government ले आफ्नो डिउटी पुरा गर्न नसकी Defence लाई फलामको चिउराको रुपमा हेर्न थाल्यो । Democracy आफै पाखा लाग्न थालेपछि परम्परागत धर्मलाई सम्झी सेना पनि सरकार प्रमुख भन्दा राजातर्फ Loyalभयो । सेना र राजाको सम्बन्ध दरिलो बन्दै गयो भने Political Party र सेनाको दुरी बढ्दै गयो । राजनैतिक सरकारले सेनालाई Democratisation गर्दै लग्नुको सट्टा सेनालाई प्रजातन्त्रको विरोधीको रुपमा हेर्न थाले । यसरी सन १९५० मा आएको Political Change ले सैनिक पक्षमा सुधार र पकड राख्न सकेन । यो ुलो गल्ती थियो । जसले गर्दा सेनामा भीमसेन थापा र जंगबहादुर कालिन संस्कार टुट्न सकेन । यो सेनाको परम्परा हो र सेना आफैले परम्परा टुटाउन मिल्दैन । देशमा प्रजातन्त्र आयो तर Defence could not fit into democratic market based society । राजा त्रिभुवन पनि Army लाई Democracy मा Fit in गर्न चाहन्थे । तर तल्लो बर्गबाट आएका राजनैतिक नेतृत्वले Social Inferinity Complex बाट सैनिक नेतृत्वदेखि तर्सेर, सैनिक संस्कारमा सुधार गर्नु भन्दा यो पक्षबाट पाखा लागि कुरा काटेर हिड्न थाले । किनभने “राणा" भन्ने शब्दले पनि र्सबसाधारणलाई तर्साउथ्यो । अझै पनि राणा बर्गको अगाडी ाडो शिरले बोल्न मानिसहरु डराउथे । त्यसमा पनि Army Uniform लगाएका राणा जर्नेलसावको अगाडी प्रधानमन्त्री तथा मन्त्रीहरुले reasoning ability and ability influence to military authority हुन सकेन । प्रजातन्त्रका हिमायती लुला नेतृत्व पंक्तिले सेनाको भलो चाहनु भन्दा कुरा काटेर हिड्न थाले पछि सेना राजासंग अझै close हुन पुग्यो । यो ध्रुव सत्य हो की सेना सधै दह्रो नेतृत्वको मातहतमा रहन चाहन्छ । यसरी प्रजातन्त्र आएपछि पनि Democracy-defence र Civil military वीचको सामिव्यत बढ्न सकेन । Civil military relation सुमधुर नभएपछि प्रजातन्त्रले देशमा Security awareness ल्याउन सक्तैन । प्रजातन्त्र नै Evolution of national security हो तापनि नेपालको लागि भने यसले खासै प्रभाव पारेन ।

सन १९५०-१९६० सम्म सेनामा संग नात्मक सुधारहरु थुप्रै भए । सेनमा तलदेखि माथिसम्म सबैको Access पुग्यो । सेनाले आफुलाई समय सापेक्ष बनाउने र देशभक्ति तथा राजभक्तिमा लागि पर्ने अ ोट लियो । किनकी प्रजातन्त्रका हिमायतीहरुले आफ्नो अनुशासन देखाउन सकेनन । उनीहरुको अपाङ्ग नेतृत्वले देशमा कर्मचारी संरचना र Social Discipline मा खलल पुर्‍यायो । First impression is the last भने झै प्रजातन्त्रलाई नेताहरुले पङगु सावित गरे । यसरी नेताहरुको नामर्दिपनले गर्दा नै नेपालको Democracy ले देशको Administrative tools लाई पकडमा लिन सकेन । राणा शासन फ्याक्न सक्ने शक्तिले पछि सत्तामा पुगेपछि नैतिकता गुमाएर तिनीहरुले अनुशासनमा अडीग रहेको सैनिक संग नमा छुनै आंट गर्न सकेनन । सेना प्रजातन्त्रबाट बांगिएको थिएन बरु नेताहरु नै सेनाको नजिक हुन चाहदैनथे । यर्सथ नेपालमा Civil military relation को संस्कार नबन्नुमा Democratic शक्ति नै जिम्मेवार छन । यसमा राजा र सेनालाई दोष लगाउनु अन्याय हुनेछ । बास्तवमा भगवान संझेर भन्नु पर्दा नेपालको राजाले हालसम्म राष्ट्रिय सुरक्षा Sovereignty तथा सुरक्षा अंगलाई आंच आउने किसिमका कुनै शब्द बोलेका र कामले पनि देखाएका छैनन् । देशमा रहेको head of the state र head of the government ले सुरक्षा अंगको संवेदनशिलता, उनीहरुको मौलिक धर्म, limitation and proper handling बारे राम्रोसंग बुझ्नु पर्दछ । सेनालाई शुद्ध तरिकाले national interest भै लगाउनु पर्दछ । कहिले पनि political interest पट्टि motivate भयो भने देशले बाटो बिराउनेछ । र दुध चोर्न पल्केको विरालो झै सेना सधै राजनैतिक शक्ति हत्याउन coup गर्न थाल्नेछ । यो कुरो सबैले बुझेको हुनु पर्दछ । उदाहरणको लागि अफ्रिकी मुलुकहरुमा पटक पटक हुने गरेको Military Coup तिनै दुध चोर्न सिकाईएका विरालाबाट हुने गरेका छन । नेपालका राजाले सेनालाई military ethics भित्र रहिरहन लक्ष्मणरेखा कोरिदिएका छन् । र्टाईफाईडका ज्वरो आए जस्तो नेपालको Political history पढ्ने हो भने यहां धेरै चोटी military coup हुन सक्थ्यो । तर नेापलको राजा सेनाको supreme commander in chief भै सेनालाई Proper instruction दिन सकेकोले नै नेपालको इतिहासमा Military coup भएको छैन । सेनाको proper handling गर्न सकेर नै हो राजा र सेनावीचको सम्बन्ध जस्ताको तस्तै रहीरहेको । राजनैतिक स्वार्थमा लगाउन चाहने, छिमेकीहरुको क्ष्लतभचभकत मा देश चलाउन चाहने र छिमेकीहरुको Security system मा ओत लाग्न चाहने हाम्रो राजनैतिक संस्कारले गर्दा Political party ढसबै होईनन) हरुले नेपालको सुरक्षा अंगहरुसंग न्यानो सम्बन्ध बढाउन सकेनन । सेना र राजा वीचको सम्बन्ध टुटाउन थुप्रै प्रयासहरु भए र भैरहन्छन । यसरी “नरहे बांस नबजे बांसुरी" भन्ने सिद्धान्त बोकेको हाम्रो Political leadership बाट नै देशको सुरक्षा संयन्त्रलाई demoralised गराउने काम हुदै आएकोछ । देशमा भएका भद्रगोल र विषम राजनैतिक परिस्थितीमा स्थिती नियन्त्रण गर्न राजाले सेनाको प्रयोग गरेका छन् । सेनाले स्वइच्छाले कहिले पनि केही काम गरेको छैन । आधिकारीक संस्थाको आदेशबाट काम गर्दै आएको छ । तापनि, विदेशीहरुको नजरमा ुला नेता र विद्धान कहलिएका हाम्रा राजनैतिक नेतृत्वहरुले नुनका सोझो गर्ने सैनिक संस्थाको विरोध गरेर हिड्नु के यो नामर्दपन होईन र - राज्य संचालन गर्न सेनाको कारणले बाधा भएकेा भए संविधान, कानुन, नीति नियम मार्फ कमजोरी पक्षमा सुधार ल्याउनु पर्दछ । सैनिक नेतृत्वले अवश्य पनि सरकारलाई सहयोग गर्नेछ र गर्नै पर्छ । “आकाशमा थुके मुखमा छिट्टा" भने झै Democracy ले Defence को back Biting गर्नु र Defence लाई Democratization गर्न नसक्नु भनेको Political Leadership मा Security Awareness नहुनु हो । जसबाट संभाव्य दुश्मनको मनोबल बढ्ने छ भने देशलाई ुलो क्षति पुग्नेछ ।

सन १९६० पछिको बर्षरुमा राजनैतिक हिसावले जसरी मुल्याकंन गरिए पनि देश भित्र Social Discipline तथा Internal Security मा सुधार हुन थाल्यो । देशको शासन राजाबाट हुन थालेपछि प्रतिबन्धित राजनैतिक पार्टी र राजाको दुरी बढ्न थाल्यो भने सेनालाई राजाको Army को रुपले परिभाषित गरिन थालियो । स्वदेशमा Underground बसेका र विदेशमा रहेका Political Parties ले त झन सेनालाई Positively हर्नै छाडे । सन् १९६० मा राजा महेन्द्रले सत्ता हातमा लिनुको Mail tool सेना नै हो र राजा महेन्द्रले Military Coup गरे भन्ने प्रसार प्रचार भयो । नेपालमा प्रधानमन्त्री भैसकेको व्यक्तित्वले समेत “नेपालमा Standing Army हुनु हुन्न, Party हरुको आ-आफ्नै सेना हुनु पर्दछ र नेपालमा सेनालाई संग नात्मक रुपबाट रहन दिनु मेरो भुल थियो" भन्ने भाव व्यक्त हुन थाल्यो । उक्त भनाई भु.पु. प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोईरालाले लेखेको “जेल जर्नेल" को शुरुमै पाईन्छ । National Security र National Sovereignty को लागि देशमा Standing Army चाहिन्न Political Party को सेना चाहिन्छ भन्ने कुरो कुनै पनि देशभक्त नागरिकको लागि कत्तिको सहज हुन्छ त्यो बृद्धिजिवी र नागरीक समाजले विश्लेषण गर्ने पक्ष हो । अर्का भाषामा भन्नु पर्दा उक्त भनाई नेपाली सेनको विरुद्धमा प्रयोग गरिएको उच्च अस्त्र थियो । कुनै Political Party ले हाल पनि सोही ideology को follow गर्न खोजेको पनि महसुस हुन्छ । सन १९६० सम्मको अवधिमा राजाको नेतृत्व हुंदा मौसुफहरु देशको Security Strategy मा बहुत चिन्तित होईबक्सन्थ्यो भने सेनाले Professional Development गर्‍यो । उता Government संगको Relation पनि सकारात्मक नै थियो । त्यस बेला देशमा शान्ति थियो भने Head of the State and Head of the Government सेनाको संवेदनशिलता प्रति Aware थिए । Civil Military Relation बढाउन यो काल अति प्रभावकारी हुन्थ्यो तर भएन किन भने -

क) Defence Ministry को पहलतामा Ministry of Education संग समन्वय गरी सुरक्षा के हो? देशमा सुरक्षाको महत्व के छ ? देशमा सुरक्षा अंगहरु किन राख्नु पर्दछ ? सुरक्षा अंग र नागरिक समाजको सम्बन्ध कस्तो हुनु पर्दछ ? Defence र Democracy को सम्बन्ध कस्तो रहनु पर्छ भन्ने विषयमा सुहांउदो पाराले Primary देखि Higher Level सम्मको शैक्षिक पा ्यक्रममा कुनै पनि विषय समावेश गर्राईएन । जुन अरु देशमा विद्यमान छ । सबै भन्दा ुलो कुरो नागरिक समाजमा हुनु पर्ने Security Awareness हो । सुरक्षाको महत्व बुझेको समाजले नै Civil Military Relation बढाउंछ । हाम्रो देशको र्सबसाधारण, नेता देखि विद्धानहरुलाई समेत सेना, सुरक्षा र सुरक्षासंग महत्व राख्ने विषयमा सोधियो भने प्रायः “बेमतलबको विषय" भन्ने गर्दछन । यसरी Socio – Educational Factor ले गर्दा पनि सुरक्षा र नागरिक समाजको वीचमा ुलो हानी पुगेको छ । यो पक्षमा अहिले पनि केही प्रगती भएको छैन । जुन कुरो विकास हुन सन् १९६०-९० सम्मको Period मा अनुकुल वातावरण थियो, तर भएन ।

ख) यो अवधिमा सुरक्ष अंग र नागरिक समाजको वीचमा closeness बढाउने पहल भएन । विशेष गरेर सेनालाई Civil Contactबाट एकदमै isolate गरियो । सेना भनेको व्यारेकको Perimeter मात्र सीमित हुनु पर्छ भन्ने मनस्थितीमा Defence system रह्यो । सेना भनेको डरलाग्दो, बोल्न नहुने, संगत गर्न नहुने, छोरी -चेली विगार्ने, रिसाहा, बुद्धि नहुने जमात हो भन्ने खालको हाउगुजी समाजले लियो । यर्सथ, समाज नै सेनाबाट टाढा रहन चाह्यो । जसबाट Military Organisation लाई संस्थागत रुपबाट intelligence चुहिने खतरा कम भयो । तर जनतासंगको घुलमिलमा सेनालाई प्रेरणीत गरिएन भने Need to Know Basis मा जनतासंग सर्म्पर्क नबढाउनु Defence system को कमजोरी मान्नु पर्दछ । जुन कुराको सुधार सन् १९६०-९० को अवधिमा राम्रोसंग हुन सक्थ्यो ।

ग) सेना Professional हुन Higher Academic Education को त्यति जरुरी नहुन सक्तछ । धेरै बुद्धिजीवी (Genious) व्यक्ति सेनामा Fit हुन्छन भन्ने छैन । संसारमा सेनाको आफ्नै Parameeter छ । यद्यपी सैनिक संस्था र सैनिक व्यारेक बाहिरका Civil Military Relation मा Academic Education को निकै महत्व हुन्छ भन्ने कुरो सत्य हो । आफ्नो Professional कामले व्यस्त भै Academic Education बढाउन नभ्याउने बाध्यता र सैनिक अधिकृतमा भर्ना हुन न्युनतम योग्यता राखिदा, Professional योग्यता प्रशस्तै भएका तर Academic qualification नबढेका माथिल्ला समाजसंग अन्तरकृया, प्रवचन, अनुभव आदान प्रदान गर्ने, सुरक्षाको महत्व र Civil Military Relation बढाउने कार्यक्रम लिएर बढ्न सकेनन् । Defence र Civil Authority वीच Communication Gap बढ्नु पनि यही कारण जस्तो लाग्दछ । यर्सथ, गैह्र सैनिक क्षेत्रमा अधिकृत हुन न्युनतम योग्ता स्नातक हुदां पनि सेनामा यस तर्फसुधार हुन सकेन । जसले गर्दा सेना भित्रै Civil Military Relation को सुधार गर्ने पहल हुनु भन्दा Traditional बन्दै गयो । जुन कुरोको विकाश हुन सन् १९६०-९० को अवधिमा प्रसस्तै संभव थियो ।

घ) हालको तुलनामा त्यतिवेलाका Mass Media हरु एउटा निश्चित Track मा बसेर लेख्दथे । देशको सुरक्षा, सुरक्षा निकाय तथा र्सार्वभौमतालाई आंच आउने खालका विचारहरु बजारमा आउदैनथे । जनतामा Social Discipline राख्न र राष्ट्रिय एकता कायम गराउन तत्कालिन Media को ुलो देन छ । यसको मतलब एकदलीय व्यवस्थाको Media Policy िक थियो भन्न खोजेको होइन, Media and its impact on the society को Pros and Cons देखाईएको मात्र हो । त्यस समयमा श्री ५ को सरकार, रक्षा मन्त्रालय तथा सुरक्षा निकायहरुको पहलतामा Media Military Relation बढाएर Media लाई सुरक्षा अंगको Accss and Limitation सम्बन्धी जानकारी गर्राई, दुवै पक्षमा रहेको Communication Gap पुर्न सकिन्थ्यो । जसबाट Media मार्फत देशको लागि सुरक्षा र सुरक्षा निकायएको महत्व बारेमा बढी से बढी र्सार्वजनिक गर्राई समाजमा सुरक्षा सम्बन्धि सचेत नागरिक बढाउन सकिन्थ्यो । जसबाट इजरायलमा जस्तो Security Cations समाज श्रृजना हुन सक्थ्यो तथा राजनैतिक पार्टी भएको देश छ र तापनि त्यहां National Interest, National Severeingty and National Security को विषयमा कसैको दुर्इमत भएको देखिएको छैन । देशको एकता र सुरक्षा पछि मात्र उनीहरु राजनीति, सत्ता, शक्ति र कुर्चीको लागि महत्व दिन्छन् । यही नै भारतको सबै भन्दा बलियो पक्ष रहेको छ । उक्त Culture भारतीयहरुले British Colonial Period बाट सिकेका हुन् । त्यही Security Culture राणाकालमा नेपालमा पनि थियो । Civil Military Relation राम्रो नभएता पनि त्यही कारणले गर्दा राणाहरुले १०४ बर्षशासन गर्न सफल रहेका थिए । देशमा राम राज्य कायम हुन सुरक्षा स्थिती दरिलो हुनै पर्छ । सुरक्षा पक्ष दरिलो हुन सामान्यता Infantry, Naval and Air Force गतिलो हुनु पर्दछ । त्यसपछि भनेको Media हो । त्यसैले Media लाई Fourth Dimention of National Security भनिन्छ । सन् १९६०-९० को अवधिमा Military Media Relation बाट National Security Enhancement गर्न ुलो सफलता मिल्न सक्दथ्यो त्यो हुन नसकेकेा प्रष्ट देखिन्छ ।

सन् १९९० पछि देशमा प्रजातन्त्रको पुनर्बहाली भयो । Democracy is the best system in the world यसमा दुइ मत छैन । प्रजातन्त्र पुन: प्राप्त भएपछिका सरकारहरुले देशमा ुलो परिवर्तन ल्याउन चाहन्थे । उनीहरु Political Ideology को प्रकाण्ड विद्धान थिए होलान, उनीहरुमा भएको Political Wills र Determination बाट प्रजातन्त्र ल्याएका थिए भनि मान्नै पर्दछ । तर देशको शासन चलाउने पक्षमा उनीहरुले बाटो विराएको हरिन्छ । हो, त्यसबेला देशमा Political Change भएको थियो तर Social Culture बदलीएकै थिएन । समाजमा x-ray गर्ने भुलेर र सामाजिक परिवर्तन भन्दा Partiwise Political Revelry गरी देशमा रहेका कर्मचारी तन्त्रलाई एक्कासी परिवर्तन गर्न खोजे । कर्मचारीहरुलाई पुर्व सरकारको दावेदारको रुपमा परिभाषित गरी अनुभवी र उच्च तहका कर्मचारीलाई एक्कासी फ्याकी सो स्थानहरुमा नयां र चाकरीवाजहरुलाई भरियो । यो कर्मचारी विरुद्ध चालिएकेा Political Terrorism थियो । ती चम्चारुपी हाकिमसाहवहरुले Beurocratic ethic लाई विर्सेर Political Government र नेताहरुमा Curruption तर्फ अभिप्रेरित गरे । जसबाट देशका "विर्सीएको सामाजिक प्राणीहरु" मा अझै दिक्दारी बढ्यो । Social Unity and Discipline खलबलियो अनि देश भित्र विभिन्न स्वरुपबाट व्रि्रोहको आवाज निस्की National Security मा ुलो असर पुर्‍यायो । जुन देशमा सही र बलियो कर्मचारी तन्त्र हुन्छ त्यस देशको National Security पनि बलियो हुन्छ । यो कुरा सन १९९० पछिका सरकारले विर्सिए ।

सरकारको कर्मचारी बर्ग मध्य पनि सैनिक संस्थालार्य प्रजातन्त्र आएपछि अझै अमिलो रुपले हेर्न थालियो । किनकी यो संस्था राजको पेवाको रुपमा सम्झिन्थ्यो । सिधै भाषामा भन्नु पर्दा नेपालको सेनालाई प्रजातन्त्रको Huddle को रुपमा देखियो । देशको सुरक्षा अंगहरु र राष्ट्रिय सुरक्षा भनेको एक सिक्काका २ पाटा हुन । करिब २६१ बर्षलामो इतिहास बोकेको National Standing Army लाई पाखा लगाई, राज्य संचालनमा एकदमै महत्व नदिएर राजाको रीस सेनामाथि पोख्न खोजियो, यो Political Bludder Mistake थियो । Social Undiscipline बढेर, समाजमा विखण्डनको आवाजहरु निस्कनु त्यही गल्तीको उपज हो । कुनै पनि देशको विकास निर्माण, वैदेशिक सम्बन्ध, आन्तरिक सुरक्षा जस्ता विषयमा National Planning Commission ले योजना बनाउंदा सबै भन्दा पहिला Security View Point बाट विश्लेषण गरिन्छ । तर यो पक्षलाई Democratic Government ले पत्याएन । सेनालाई सेखी झार्न कहिले जनपद प्रहरीलाई काखी च्याप्यो भने सेनालाई मेख मार्न शसस्त्र प्रहरी बल ग न गरियो । सेनालाई "खाए खा नखाए घिच" हुने गरी जीन तीन जिउदो राखियो । जनपद प्रहरी तथा शसस्त्र प्रहरी अवश्य पनि सेनाको Sister Organisation हुन, ती संस्थासंग लेखकको रिस होईन, त्यस्ता संस्था अझै जन्मनु पर्छ जसबाट Standing Army लाई मद्धत पुग्ने छ । तर, रिस फेर्ने हेतुले, National Inteest लाई लत्याएर National Security को Need लाई विश्लेषण र सुरक्षाविद्हरुसंग अन्तरकृया नै नगरी Political Benefit मात्र हेर्नु हुदैन, यो मुर्खता हो । सुरक्षा पक्षमा खर्च गरिने बन्दुक, गोली र War Equipment हरु पक्का पनि Unproductive खर्च हुन यसले देशलाई आर्थिक रुपले Return दिदैन । सुरक्षा फौज भनेको सरकारको एकदमै महगा tools हुन् । यर्सथ, यस्ता अंगहरुको थप श्रृजना गर्दा देशको घाटी हेरेर हाड निलाउनु उचित हुनेछ । आवेस र प्रतिशोधले स्थापना गरिएका सुरक्षा निकायहरु वीचमै Unethical प्रतिष्पर्धा र घमण्ड बढ्ने छ । जसले National security मै खतरा निम्त्याउछ । यर्सथ, Conventional ans Unconventional Security सम्बन्धि नयां नीति निर्देशन र संस्थागत पदस्थपना गरिदा देशको Conventional Army को सल्लाह र सहयोगलाई बेवास्ता गरेर National Plan बनाईयो भने त्यसले बैरीलाई मात्र फाईदा पुग्नेछ ।

सन् ९० पछि पनि सुरक्षाको खातिर संस्थापित सेनापछिको बलियो संस्था नेपाल प्रहरी थियो । राजनैतिक स्वार्थको लागि त्यसको IGP हरुलाई Overhight फाल्ने र राख्ने जुन काम भए त्यसले National Security मा ुलो क्षति पुर्र्यायो। संस्थाको Morale डुब्यो भेन प्रहरी संस्था राजनैतिक पार्टी कार्यालय जस्तो बनाईयो । जसले Political Party लाई चुनावमा विजय गराउने र Politician हरुलाई भ्रष्टाचार गराउन सफल त गरायो तर देशको सुरक्षास्थिती यस्तो भयो कि हाल नेपाल झण्डै Ruwanda बन्दैछ । Police Force का IGP हरुलाई राजनैतिक र नेताहरुको व्यक्तिगत रिसबाट हुत्याउनु सुरक्षा अंगभित्र थालिएको Political Terrorism थियो भेन National Security माथि गरिएको बलात्कार मान्न सकिन्छ ।

हाल विद्यमान Maoist Insergency लाई राजनैतिक रुपले असन्तुष्ट समुह तथा It is an political and intilectual uprising को रुपले पनि हरेर्नु पर्दछ । किनकी International Law ले नै त्यस्तो Flexibility दिएको छ । यो Movement शुरु भएर, त्यसलाई Contain and reaction गर्नको लागि सरकारले Army लाई विश्वास नगरी Police लाई जिम्मा दियो । जबकि Nepal Police ले Counter Insurgency तालिम गरेका थिएन । जुन तालिम सेनाले गरेको र हजारौ तालिम प्राप्त व्यक्ति थिए । Insurgency भनेको एउटा Ideology बोकेको Group ले कुनै Political वा Social Cause लाई लिएर सरकारको व्रि्रोह गरेको हुन्छ । यर्सथ यो समुलाई Contain and Counter गर्न तालिम प्राप्त सुडेनीले बच्चा जन्माउने आईमाईहरुलाई मद्धत गरे झै विचार पुर्‍याएर Counter Insurgency Operation गर्नु पर्दछ । दुर्भाग्यको कुरो सरकारले गराएको Intial Counter Insurgency Operation हरु Counter Insurgency को सिद्धान्त भन्दा बाहिर गएर डाकाको प्रतिकार गरे झै Police Docoit Operation संचालन गरियो । जसबाट सुरक्षा क्षेत्रमा देशलाई ुलो घाटा भयो र हालसम्म देश आई पुगेको छ । बच्चा मरी सकेर बच्चा पाउने आमाको अप्रशन गरे जस्तै स्थिती विगारेर सेना परिचालन गरिदा It was too late. Counter Insurgency Specialists, Psychologist and Security Strategist मिलेर प्रारम्भिक चरणको माओवादी विरुद्धको कारवाही चलाएको भए आजको स्थिती भोग्नु पर्ने थिएन । "सौताको रिसले पोईको नाक काटने" Political Biasness ले आज देश रोईरहेको छ । However the relation between government and security forces have been imporving in these days. Unfortunately, civil military Relation has not improved and still feels cool.

सन् १९९० पछिका Political Leader हरुले संसारका ुला ुला Democratic देशको Civil Military Relation पढेका छन् देखेका छन् । It is true that defence should be always under democratic government and defence must help tp enhance democracy. यो नेपालको सेनाले बुझेको छ र सोही अनुसार चल्न पनि तित्पर रहेको प्रतिबद्धता बारम्बार देखाएको देखिन्छ । तर, Democratic Leader हरु भने अझै पनि सन् १९५०-१९६० को Political Culture देखाईरहेका छन् । सेना प्रतिको Aptitude मा किन परिवर्तन गर्न सक्दैनन - सन१९९१ को संविधान बनाउन तिनै Democratic Party हरु हुन भने सोही अनुसरा सेना संविधान अर्न्तगत चलेका छ । उनीहरुले Defence लाई Democracy मा Fit in गरेर लान के Huddles देखेका छन् त ? सन ६० अगाडी कै चस्माले सेनलाई हर्ने, सेना र प्रजातन्त्र वीचको कमी कमजोरी भए सुधार्न नखोज्ने र राजनैतिक पार्टीलाई उनीहरुको इच्छा अनुसार सेनाले चुनावमा सहयोग गरेन भन्ने मनस्थिती लिने हो भने यो कसको कमजोरी त ? के सेना श्री ५ को सरकार भन्दा माथि छ त ? सेनाको कमजोरी के छ त ? Democracy ले देशले मागेको सुरक्षा व्यवस्था कार्यान्वयन गर्न सक्नु पर्दछ । Democratic Government चलाउछु भन्ने Political Party हरु किन आफै सेनासग प्रत्यक्ष संवाद नगरी पडाडी कुरा काटेर हिड्ने ? सरकारले राज्य चलाउने संयन्त्रहरुलाई नियन्त्रण गर्न नसकेकै हो भने यो कसको गल्ती त ? Democracy का हिमायती हो भन्नेहरुले बुद्धिजिवी, कर्मचारी, विशेषज्ञ, सेना, प्रहरी र आवश्यक परेमा विदेशी सुरक्षाविद्हरुको सल्लाह समेत लिई Defence in Democracy बनाउन सकिन्छ र अहिले पनि नेपाली सेनालाई कुन रुपले Undemocratic मान्ने त ? यसरी नुनको सोझो गर्न सदा दुखैमा झेलिरहेको र नेपाल आमाको लागि मरी मेट्ने शाही नेपाली सेनालाई बुद्धिजीवी, पत्रकार, नागरिक समाज तथा राजनैतिक पार्टीले चिसो पाराले हेर्ने हो भने कुन देशको सेनाले राष्ट्रियता बचाउला भन्ने विश्वास लिने त ? केवल सेनालाई "राजाको सेना" को रुपमा परिभाषित गर्ने र जनता र सेनाको वीचको पानी धमिलाउने मात्र हो भने यो देशको स्वरुप कुनै पनि शक्ति राष्ट्रको धेरै पुरानो इच्छाबाट सिक्किम बन्ने छ । आजको २१ औ शताव्दीमा आएर पनि हामी जस्ता बुद्धिजीवी, अनुभवी र तर्क वितर्कका धनी थुप्रै नेपालीहरुले सामाजिक विखण्डन ल्याउने फोहोरी खेल खेलिरहने हो भने नेपाल सिक्कीम नभए पनि पुन: बाईसे चौविसे राज्य बन्ने छ, यसैबाट सायद हाम्रो संभाव्य वैरीहरुको सपना साकार हुनेछ । हामी नेपाल आमाको दुध आएका नेपाली हौ र हाम्रो लागि Civil Military Relation बलियो बनाई Defence for Democratic Society भन्ने पक्षलाई मनन गर्नै पर्दछ । अन्यथा हाम्रो National Security सदैव खतरामा रहने छ ।

नेपालको Geo-politics Reality लाई मनन गर्दा अवश्य पनि दुइ ुला शक्तिको वीचमा च्यापिएको एक कमजोर मुलुक हो । मित्र राष्ट्र चीन र भारत विश्वका उदाउंदा Super Power हुन । Monetary Might and Military Military might are the base of Super Powemess हाम्रा छिमेकी देशहरुको आ आफ्नै कारणले गर्दा उनीहरुको Military Modemisation बढेको छ । Moreover, आफ्नो देशको National Security सम्बन्धी जनतामा मतभेद हुन दिएका छैनन भने जनताको Grassroot level भै र नभए पनि तल्ला तहका Political Leader हरुमा समेत Security Awareness बढेको छ । Civil Military Relation राम्रो छ । भारत र पाकिस्तान वीच भएको कारगील युद्धमा भारतीय जनताले सेनाको पक्षमा दिएका नैतिक, भौतिक, आर्थिक र सामाजिक र्समर्थन नै Civil Military Relation को प्रष् उदाहरण हो । China मा भएको Security Awareness तथा Civil Military Relation लाई संसार मै नमुनाको रुपमा प्रस्तुत गर्न सकिन्छ । यर्सथ, हरेक क्षेत्रबाट विकसित यी दुइ ुला छिमेकीको वीच रहेको हामी नेपालीले केवल हामी बाजेको पालामा बहादुर थियो भनेर इतिहासको धक्कु लगाएर मात्र उर्लने हो भने हामीलाई ुला घाटा हुने छ । छिमेकीहरु सरह बन्न नसके पनि उनीहरुको उदाहरणहरुलाई मनन गरी हामीले आफ्नो Concept of National Security लाई परिमार्जन गर्दै लैजानु पर्दछ । त्यसमा पनि भौगोलिक बास्तविकता (India locked to the three sides and Himalya locked to the north) र हाम्रो Cultureal Realityलाई नविर्सौ हामीले Transnational Friend भन्दा Neighbouring Friends लाई प्राथमिकता दिई, इतिहास देखि दुवै देशलाई Balance मा राखेर चलाईदै मित्रराष्ट्रहरु चीन र भारतबाट नेपालले धेरै फाईदा लिन सक्नेछ । यी दुइवटा छिमेकीहरुलाई Diplomatically Convience गराएर नेपालले Transnational सहयोग पनि लिनै पर्दछ । यसको मतलब नेपाल छिमेकीहरुको Puppet बन्नु पर्दछ भन्ने होईन । छिमेकी मित्रराष्ट्रहरुलाई परिचालन गरी ति बाट Maximum फाईदा लिनु पर्दछ भन्ने आशय हो । किनकी ति दुइवटा छिमेकी रिसाए भने भविष्यको दिनहरुमा नुन पनि समुन्द्र पारबाट ल्याउनु पर्ने हुन सक्दछ । सन् १९९० मा भारतले नेपाललाई लगाएको Blockade र त्यसबाट नेपालमा परको क िनाई नै सबै भन्दा पछाडीको ज्वलन्त उदाहरण हो । जुन कुरो नेपाली राजनीतिले धान्न सक्ने पक्ष होईन । चीनर भारतको National Interest लाई धक्का पुग्ने गरी, नेपाललाई माया गरेर विश्वको कुनै पनि Super Power नेपालको लागि मरी मेट्ने छैनन । छिमेकीहरुलाई वास्ता नगरी अन्य शक्ति राष्ट्रहरुको पछि लागेमा नेपालको National Security लाई अझै खतरा बढ्ने छ । छिमेकीहरुको National Security मा बाधा पर्ने महसुस भएमा मात्र पनि UN ले नै दिएको Anticipatory Self Defence Right ले नेपाललाई ुलो खतरा पुर्र्याउने छ । शक्तिशाली राष्ट्रहरुको Black Military Might लाई कमजोरी राष्ट्र विरुद्ध प्रयोग गरिदा White Legitimacy दिलाउने गरी Anticipatary self Defence right दिईएको बारे पहिलाको Chapter मा उल्लेख भईसकेको छ । यर्सथ, विशेष गरी सुरक्षा मामिलामा आफ्नो राष्ट्रिय स्वाभिमानलाई कायम राखी नेपालले छिमेकी देशहरुबाट सद्भाव लिई अगाडी बढेमा आफ्नो National Security मा अनुकुल स्थिती रहने विश्वास लिन सकिन्छ ।

संसारमा बढ्दै गएको Intra State Conflict ले गर्दा अब देश भित्रै मारकाट बढ्न थालेका छन् । देश भित्रै बढ्ने यस्ता अदृश्य दुश्मनहरुलाई तह लगाउन सबैलाई ुलो समस्या बनेको छ । यो २१ औ शताव्दीको नयां Threat हो । यर्सथ, नेपालले पनि आफ्नो आन्तरिक द्धन्दलाई निर्मुल पार्न Military Might प्रयोग गर्नु भन्दा पनि द्धन्द उत्पन्न हुनुको कारणलाई समाधान गर्नु बाटै दिगो शान्ति बन्ने छ । On top of that, गरिबी, भोक, असन्तुलित विकास, भ्रष्टाचार, अशिक्षा, उछिङखल राजनीति, विदेशीहरुको दाउपेच, दक्षिण तिरबाट नेपाल प्रवेश हुने विदेशी जन घनत्व, हरेक बर्षहुने सीमा मिचाई, युवा शक्तिको विदेश पलायन, Brain Drain, बुद्धिजीवी र नागरिक समाजले बास्तविक कुरामा नवोली दिनु, समाजमा धनी र गरिब बीचको खाडल ुलो बन्दै जानु, महिला माथिको पुरुषले गर्ने अत्याचार, परम्परा देखिको तल्लो जाती र माथिल्लो जाति विचको भेदभावमा सुधार नआई सामाजिक एकता कायम नहुनु आदि नै नेपालमा द्धन्द श्रृजना हुनुको Root Cases हुन । Social Evolution नभएसम्म नेपालको National Security लाई Threat रहिरहनेछ । देश भित्रको भाई-बहिनी वीचको मन नमिलेसम्म देशमा Unity in Effort हुने छैन ।

To Conclude, आजको विश्व परिस्थितीमा नेपालले आफुलाई गरिब राष्ट्रको हिसावले मात्र isolate राख्न सक्दैन । सुरक्षा देखि लिएर हरेक क्षेत्रमा Globalisation भएको छ । यस परिस्थितीमा सर्वप्रथम आन्तरिक स्थितीलाई सुधार गरेर मात्र अन्तराष्ट्रिय क्षेत्रमा हार गुहार गर्नु पर्दछ । देशको सुरक्षा स्थिती राम्रो नभएसम्म अन्य पक्षको सुधार होला भनेर ान्नु Day Dreaming नै मान्नु पर्दछ । "सुरक्षा" भनेका Uniform लगाउने सुरक्षाकर्मीले चलाउने ेक्का होईन । नागरिक समाज, Mass Media, बुद्धिजीवी, राजनीतिज्ञ देखि लिएर कर्मचारीहरुको समेत सहयोगले Security Mechanism चल्दछ । सुरक्षा प्रदान गर्न निकाय एउटा Executive tool मात्र हो । सर्वपक्षबाट Support and Ignite नगरेमा यो Tool Effective हुन सक्दैन भने यसलाई समाजले नकारात्मक भावले हेर्न थाल्नेछ । यर्सथ, आन्तरिक शान्ति सुरक्षा भनेको समाजको उर्जा हो । यसमा सवैले सहयोग गर्नै पर्दछ । अन्यथा आफ्नै भाई बहिनी वीचको फुटले मारकाट बर्ढाई कसैले नजित्ने खालको Loose-Loose War अनन्तकालसम्म लड्नु पर्नेछ । हाल विद्यमान सरकार र माओवादी वीचको द्धन्द सामाजिक सुधार र छलकपट विनाको राजनैतिक समाधानबाट रोकिन सक्दछ भने सुरक्षालाई मजबुद गर्नको लागि देशमा Security Awareness बढाउने पहल कदमी तुरुन्त शुरु हुनु पर्दछ । राजा, जनता, सरकार Mass Media, सेना प्रहरी, विदेशी सहयोगी संस्था, Diplomacy सबै मिलाएर Weaving the single rgove to enhance the civil Military Relatio, pays to establish a stable National Security in Nepal.