नेपाली इतिहासहरु

लिगलिग कोटको युद्ध

लम्जुङ्गको राजा यशोब्रम्ह शाहको कान्छा छोरा द्रव्य शाहले विशेष जुक्ति पुर्‍याई वि.सं. १६१६ को विजया दशमीको दिन लम्जुङ्गबाट गएर लिगलिग कोटमा हमला गरी त्यहांको राजा भए । त्यस बखत गोरखाको उपल्लो कोट क्षेत्रमा खड्का र तल्लोकोट क्षेत्रमा घले गुरुङ्गहरुले शासन गर्थे भने ति दुवै भन्दा सानो लिगलिग कोट क्षेत्रमा पनि घले गुरुङ्ग नै शासक थिए । यसरी ३ थरी शाषक रहेको यस क्षेत्रमा द्रव्य शाह राजा भए पछी मात्र गोरखा नामाकरण गरियो । गोर्खा राज्यको स्थापना हुनु, गोर्खा नामाकरण हुनु र आधुनिक नेपालको निर्माण हुनुमा लिगलिग कोटको युद्धले ुलो भुमीका खेलेको छ । राजा द्रव्य शाह गोर्खा राज्यको संस्थापक थिए ।

नेपाल एकिकरणमा गोर्खा राज्यको महत्व
करिब १२००० घर धुरी भएको गोर्खा राज्यको पूर्वी सिमाना त्रिशुली नदी-कान्तिपुर राज्य, पश्चिमी सिमाना चेपे मर्स्यांङ्गदी नदी उत्तरी सीमाना कुकुरघाट-भोट र दक्षिणी सिमाना तनहुं राज्य थियो । वि.सं. १६१६ मा राजा द्रव्य शाहले स्थापना गरेको यस राज्यमा वि.सं. १८०१ सम्म यस बंशले १८५ बर्षराज्य गरे पछी बडामहाराज पृथ्वीनारायण शाहले कान्तिपुर राज्यको नुवाकोट माथी विजय गरे पछी आधुनिक नेपालको एकिकरणको श्री गणेश भयो । बाईसी र चौविसी राज्यहरु समेत गरी ५२ वटा राज्यहरुमा विभक्त नेपालको एकिकरणको सुरुवात सबै भन्दा कान्छो राज्य गोरखाबाटै भएको थियो । बर्तमान नेपाल र पहिलाको बृहत नेपालको निर्माण गर्ने कार्यप्रति सम्पूर्ण नेपालीहरु गोरखा राज्य प्रति अनुगृहित रहेका छन । बडामहाराजा पृथ्वी नारायण शाह आधुनिक नेपालको निर्माता होईबक्सन्छ ।

नुवाकोट विजय

बडामहाराज पृथ्वीनारायण शाहको नेपाल एकिकरणको लागि गरिएको सैनिक अभियानमा सन २६ सेप्टम्बर १७४४ कान्तिपुरको मल्ल राजाको नुवाकोट किल्लाको विजय पहिलो महत्वपूर्ण् उपलब्धि हो । यो विजयको लागि तीन दिशाबाटः तीनधारा दिशाबाट वडामहाराज पृथ्वीनारायण शाह स्वंयले, गेर्खु दिशाबाट काजी कालु पांडे सम्मीलित फौजको नेतृत्व राजकुमार दलमर्दन शाहले र धरमपानी दिशा तर्फो नेतृत्व राजकुमार मोहद्दामकिर्ती शाहले गरेका थिए ।

सांगाचोकको हमला

बेलकोटदेखि शिवपुरी, सांखु, चांगु, नालदुम, फटकसिला, सिन्धु, सिपा, चौतराको युद्धहरुमा चरम सफलता पाएको एकिकरण युद्धको नेतृत्व सेनापति शिवरामसिंह बस्न्यातले गरेका थिए । हाल सिन्धुपाल्चोक जिल्लाको सांगाचोकमा भएको युद्धमा गोर्खाली सेनाले विजय प्राप्त गर्‍यो । तर यसै राती वि.सं. १८०३ फागुन १२ गतेको मध्यरातमा कान्तिपुरे फौजले प्रत्याक्रमण गर्दा सेनापति शिवरामसिंह लगायत १३ जना सेनाले वीरगती प्राप्त गरेका थिए ।

गुर्गीन खां विरुद्ध मकवानपुरको लडाई
मकवानपुरबाट हारेर भागेका पराजित सेन राजाको अनुरोधमा लागेर बंगालका नवाव मीरकासीमका सेनापति गुर्गीन खांको नेतृत्वमा ३००० भन्दा बढी फौज पर् ाई वि.सं. १८१९ मा मकवानपुर गढीमा हमला गर्न लाग्दा ४०० जना गोरखाली सेनाले Spoiling attackगरी १७०० जना भन्दा बढी मुसलमान फौज मारि दिए । यस लर्डाईंमा दुष्मनसंग खोसेको ४०० भन्दा बढी बन्दुक र २ नाल तोपलाई प्रयोगमा ल्याउन शाही नेपाली सेनामा पहिलो पल्ट १८१९ साल असोज ५ गते श्रीनाथ, कालीबक्स, बर्दबहादुर (बर्दवाणी), पुरानो गोरख, सवुज गरी ५ कम्पनी खडा गरियो भने विदेशी दुष्मनसंग लडिएको पनि यो पहिलो लडाई थियो ।

क्याप्टेन किनलक विरुद्ध पौवा गढीको लडाई
गोर्खाली सेनाको विरुद्ध कान्तिपुरे राजा जयप्रकाश मल्लले तत्कालिनर् इष्ट इण्डिया कम्पनीसंग सैनिक सहयोग मागेपछि अंग्रेज तर्फाट क्याप्टेन किनलकको नेतृत्वमा असरदार हतियार सहित २४०० फौज पटना-जनकपुर-सिन्धुलीगढी हुदैं कान्तिपुर तर्फबढेको थियो । सोही क्रममा सिन्धुलीगढी नआईपुग्दै पौवा गढी (आडा) मा लुकेको गोर्खाली फौजले अगाडी र पछाडी दुइ तिरबाट Spoiling attack गरी करीब १६०० दुष्मनहरु मारे । थुप्रै हतियार हात लागेको, वि.सं. १८२४ मा भएको यो युद्ध अंग्रेजसंगको पहिलो लडाई थियो ।

कीर्तिपुरको युद्ध
ललितपुर राज्य अर्न्तर्गत कीर्तिपुर एउटा बलियो किल्ला (Castle) को रुपमा पर्खाल र खाईले घेरिएको शहर थियो । यस शहरलाई लिनको लागि गोर्खाली सेनाले वि.सं. १८१४ मा काजी कालु पाडेको नेतृत्वमा र वि.सं. १८१८ सालमा राजकुमार सुरप्रताप शाहको नेतृत्वमा हमला गरेता पनि अन्तमा नाकाबन्दी लगाई युद्ध नै नलडी प्रमुखले कीर्तिपुरको पश्चिमी ढोका खोलेर आत्मर्समर्पण गरेपछि १२ मार्च १७६६ मा कीर्तिपुर गोर्खालीको हात पर्‍यो ।

कान्तिपुरको युद्ध
कान्तिपुर पर्खालले घेरिएको बलियो किल्ला (Castle) थियो । वि.सं. १८२५ कोर् इन्द्रजात्राको दिन मध्यरातमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको नेतृत्वमा टुंडिखेल, भिमसेनस्थान र नरदेवी तीन दिशाबाट एकै पटक हमला गरी सफलता मिलेको थियो । मुख्य हमला टोली नरदेवीबाट बढेको थियो । जसको नेतृत्व पृथ्वीनारायण शाहले गरिबक्सेको थियो भने सोही रातमा कान्तिपुरको राजगद्दीमा बसी नेपालको राजा होईबक्सीयो ।

भक्तपुरको युद्ध
वरीपरी पर्खालले घेरिएको अति नै बलियो किल्ला (Castle) को रुपमा भक्तपुर शहर रहेको थियो । उपत्यकाको लडाईमा सबैभन्दा कडा प्रतिकार भएका यस युद्ध २ दिन सम्म चल्यो । बाक्लो घर बस्ती भएकोले नेपाली सेनालाई घर र दरबारको छानाहरुबाट गोली चलाउनु परेको थियो । वि.सं. १८२६ मार्ग १ गते (१० नोभेम्वर १७६९) को दिन भक्तपुर माथि विजय भयो ।

जुम्लाको युद्ध
बाईसी राज्य अन्तरगतको जुम्ला तत्कालिन बाईसी र चौवीसी राज्यहरु मध्यको सबै भन्दा बलियो र बाईस हजार सेना भएकेा राज्य थियो । यहांको राजा शोभान शाहीले नेपालको विरुद्ध तिब्बतको दलाई लामालाई सहयोग पुर्‍याउदैं आएका थिए । यस राज्य विरुद्ध नेपाली फौजले आक्रमण गर्नु ुलो जोखिम मोल्नु सरह थियो । यद्यपी काजी (कप्तान) शिवनारायण खत्री, र्सदार प्रवल राना मगर र र्सदार कालु पाण्डे (ब्राम्हण) ले नेतृत्व गरेको करिव २००० फौजले तीन दिशाबाट (Multi Directional Attack) हमला गरी १९ अक्टोबर १७८९ को दिनसम्म पुरै जुम्ला नेपाली सेनाले कब्जा गरे पछि राजा शोभान शाही भागेर तिब्बत गए । यस लडाईमा नेपाल विजय भएको प्रभावले गर्दा कुमाउं क्षेत्र सम्मको एकिकरण युद्धमा अरु राज्यहरुले नेपालीसंग डटेर युद्ध लड्ने आंट गर्न सकेनन ।

कांगडाको युद्ध
नेपाल एकिकरण युद्धमा सफलता हासिल गर्दै पश्चिम हानीएका नेपाली फौजले अति नै बलियोसंग बनेको र पहाडको टुप्पोमा रहेेको कांगडा किल्लालाई ३ बर्षम्म घेराबन्दी गरी बस्यो । यो किल्ला राजा संसार चन्दको थियो । सेनापति बडाकाजी अमरसिंह थापा नेपाली तर्फो कमाण्डर थिए । काजी नयनसिंह थापा सहित ३०० जति नेपाली सेनाले यसै किल्लामा वीरगती प्राप्त गरेका थिए । यो युद्ध नेपालीको पक्षमा हुन सकेन र यस भन्दा अगाडी नेपाली सेना बढ्न नसकेपछि वि.सं. १८६६ (२४ अगस्त १८०९) बाट पश्चिमी एकिकरण अभियान अन्त भयो ।

झुगांको युद्ध
तिब्बतसंग नेपालले गरेको सन १७८८ को यो पहिलो युद्धमा करीव १५००० नेपाली फौजले भाग लिएका थिए । राजकुमार बहादुर शाहको नायवीमा भएको यो हमला कुती र केरुङ्ग २ क्षेत्रबाट भएको थियो । कुती क्षेत्रको नेतृत्व काजी श्री कृष्ण शाह र केरुङ्ग क्षेत्रको नेतृत्व काजी किर्तीमानसिंह बस्न्यातले गरेका थिए । केरु‹को झुंगामा भएको युद्धमा भोटेहरु हार खाएपछी २ जुन १७८९ मा केरुङ्गको सन्धिबाट युद्ध टुंगियो ।

बेत्रावतीको युद्ध
भोटले केरुङ्गको सन्धिलाई उल्लघंन गरेपछी सन १७९१ को सेप्टेम्बरमा काजी अभिमानसिंह बस्न्यातको नेतृत्वमा तिव्बतमाथी दोश्रो पटक कुती र केरुङबाट हमला भयो । नेपालीले पूर्ण सफलता प्राप्त गर्दै रहेको यस युद्धमा पछी गएर चीनले भोटलाई सैन्य सहयोग दिएपछी नेपाली फौजले Delaying Battle लडी बेत्रावतीसम्म पछी हट्नु पर्‍यो । काजी दामोदर पांडेको नेतृत्वमा २० अगस्त १७९२ मा चीन र तिब्बतको संयुक्त फौजलाई बेत्रावतीमा नेपाली फौजले हराएपछि बेत्रावतीमा सन्धि भै युद्ध अन्त भयो । यसलाई नेपाल-चीन-तिब्बत युद्ध भनिन्छ ।

जितगढको युद्ध
नेपाल-अंग्रेज युद्धमा पाल्पा क्षेत्रको नेतृत्व कर्नेल उजिरसिंह थापाले गरेका थिए । उनको मुख्य हेडक्वार्टर नुवाकोट गढी (Castle) थियो भने जित गढी र का े गढीमा अरु फौज राखिएको थियो । यस क्षेत्रमा हमला गर्न मेजर जनरल जोन सुलिवन उड करीव ५००० असरदार हतियारधारी फौज लिएर ३ जनवरी १८१५ को दिन बटौली -बुटवल) आईपुगे । तिनाउ नदिको किनारमा रहेको जित गढबाट नेपालीले स्पोईलिङ्ग एट्याक गरे । धेरै अंग्रेज फौज मरे । त्यसै गरी अन्यत्रबाट घुस पै (Infiltrate) भएको फौजलाई नुवाकोट र का े गढीबाट बरवाद पारियो । यो युद्ध पर्ुण्ा रुपले अंग्रेजले हार्‍यो भने नेपाल-अंग्रेज युद्धमा युद्धमा नेपालीले जितेको यो मात्रै एउटा युद्ध थियो ।

नालापानीको युद्ध
नेपाल-अंग्रेज युद्धमा देहरादुनको नालापानी खोला नजिकको डांडामा बनेको खलङ्गा किल्लामा कप्तान बलभद्र कुंवरले महिला र पुरुष सहित करीव ६०० जनाको संख्यामा डिफेन्स लिएर बसेका थिए । अंग्रेजले हजारौ सैन्य र तोपखाना हतियार लगाई यस किल्ला माथी २४ अक्टोबर देखि ३० नोभेम्बर १८१४ सम्म ३७ दिन लगातार हमला गरे । जनरल जिलेस्पी लगायत सयौं अंग्रेजी फौज यस युद्धमा मरे । केही सीप नलागे पछी सागर दहबाट किल्ला भित्र ल्याएको पानीको मुहान अंग्रेजले थुनिदिएपछी त्यसको छैटौं दिनमा कप्तान बलभद्र लगायत बचेको ७० जना जति नेपाली फौजले ३० नोभेम्बरको ०३०० बजे विहानै आफुखुसी किल्ला छाडी दिए । यो युद्धले नेपालीलाई साथ दिएन । यद्यपी, यो प्रतिरक्षात्मक युद्धले नेपालकोर् इतिहासमा उच्च स्थान ओगटेको छ ।

देउथलको युद्ध
नेपाल-अंग्रेज युद्ध भएको क्षेत्र मलाउं र सुरजगढको वीचमा देउथल पर्दछ । सुरजगढ किल्ला सेनापति भक्ति थापाको हेडक्वार्टर थियो भने मलाउं किल्ला बडाकाजी अमरसिंह थापाको गढवाल क्षेत्रको सेक्टर हेडक्वार्टर थियो । उक्त दुवै किल्लाहरु हात पार्न हजारौं अंग्रेज फौजले देउथलबाट १४ अप्रिल १८१५ देखि हमला गर्न सुरु गरेपछि त्यसको प्रतिकार गर्न नेपाली फौजको नेतृत्व ७३ बषिर्य भक्ति थापाले गरी १६ अप्रिलको ०४०० बजेबाट अंग्रेजसंग युद्ध सुरु गरे । अंग्रेजको तोप खोस्ने प्रयासमा अगि बढ्दै जादां २ घण्टाको युद्धपछी भक्ति थापाको छातीमा गोली लागि उनले त्यहि नै वीरगती प्राप्त गरे । यो युद्धले पनि नेपालीलाई साथ दिएन । ७३ बर्षे बृद्ध सेनापतिको यस्तो उच्च मनोवल र मातृभुमी प्रतिको समर्पण अरु कसैसंग पनि दाज्न सकिन्न ।

गुन्तागढीको युद्ध
नेपाली प्रति तिब्बतले गरेको अमर्यादीत व्यवहारबाट आजित भएपछि बाध्य भै नेपालले प्रधानमन्त्री जंगबहादुर कंुवरको पहलतामा कुती, केरु‹, ओला‹चुङ गोला र हुम्ला-मुस्ता‹ क्षेत्रगरी ४ तिरबाट हमला गर्ने निधो गरेता पनि सुरुमा धीर शम्सेर राणाले नेतृत्व गरेको फौजले कुती र केरुङबाट मात्र हमला भयो । ६ मार्च १८५५ मा का माण्डौ छाडेका १७००० फौजले तिब्बतमाथी पूर्ण विजय हासिल गरे । केरुङ क्षेत्रको गुन्तागढीमा भएको निर्णायक युद्धले भोटे फौज सन्धि गर्न बाध्य भए । तिब्बतसंग अन्तिम पटक भएको यो युद्ध थापाथलीको सन्धिबाट अन्त भएको थियो ।

भारतमा भएको सिपाही विद्रोह
बृटिस इतिहासकारले "सिपाही विद्रोह" र भारतिय इतिहासमा "पहिलो स्वतन्त्रता संग्राम-१८५७ A.D." भनेर चिनिने यस घटनामा नेपालले तत्कालिन बृटिस इण्डिया सरकारलाई १४००० भन्दा बढी फौज दिएर सहयोग गरेको थियो । पूर्ण सफलता पाएको यस सैनिक कारवाही पछि नेपालको सैनिक सहयोगलाई कदर गर्दै, नेपाल-अंग्रेज युद्धमा गुमाएको प्रदेश मध्ये बांके, बर्दिया, कैलाली र कन्चनपुर नेपालले फिर्ता पाएको थियो । नेपालले विदेशीहरुलाई सैन्य सहयोग गरेको यो पहिलो अभिलेख थियो । यस कारवाहीमा कप्तान बहादुर गम्भिरसिंह रायमाझीले देखाएको बहादुरीता प्रशंसनीय थियो ।

प्रथम विश्व युद्ध (सन् १९१४-१९१८)
तत्कालिन वृटीस-इन्डियाको सहयोगार्थ, सन १९१४-१८ सम्म भएको प्रथम विश्व युद्धमा नेपालले २० पल्टन सेना प ाएको थियो । सो युद्धमा नेपाली सेनाले संवेदनशिल क्षेत्रको सुरक्षाको काम गर्‍यो । काकुल र देहरादुनर् इलाकामा तैनाथ रहेको नेपाली फौजले भारतको विभीन्न क्षेत्रमा पनि काम गरेको थियो । यस युद्धमा फष्ट र्राईफल, कालीबक्स, पुरानो गोरख, देवीदत्त, कालीबहादुर, बर्दबहादुर, शम्सेरदल, जब्बरजंग, पशुपति प्रसाद, रामदल, शेर, सिंहनाथ, महिन्द्रदल, नयां गोरख, सबुज, बरख, भैरवनाथ, दोश्रा र्राईफल, भैरुङ र श्रीनाथ गणले भाग लिएका थिए । यस चित्रले काकुलको एम्युनिशन डिपो -गाघर) मा नेपाली सेनाले सुरक्षा गरेको प्रतिनिधीत्व गर्दछ ।

अफगान युद्ध -सन् १९१७)
प्रथम विश्व युद्ध पछि अंग्रेज र अफगानीहरुको तेश्रो युद्ध हुने निश्चित भए पछि २ जुन १९१९ मा अंग्रेजको अनुरोधमा नेपालले पशुपति प्रसाद गण, भैरवनाथ गण, दोश्रा र्राईफल र भैरुङ चार पल्टनमा २०९७ जना फौज प ायो । अवोदावादमा जम्मा भै मर्दन र नौसेरामा तालीमी सैनिक अभ्यास गर्दा गर्दै अफगानहरु भागेकाले खासै युद्ध भने गर्नु परेन ।

वजिरीस्तानको युद्ध (सन् १९१७)
वजिरीस्तानको मसुद जातिले अंग्रेज विरुद्ध विभिन्न आतंक गरिरहेका थिए । अंग्रेज सरकार प्रथम विश्व युद्धमा फसेको वेलामा मसुदहरुले कर्डाईको साथ संर्घष सुरु गरे । भारतका भाईसराय अनुरोधमा प्रथम विश्व युद्धमा खट्टएिका नेपाली फौज मध्यबाट १६ जुन १९१७ मा फष्ट र्राईफल गण, महेन्द दल गण, भैरवनाथ गण र भारतीय फौजको संयुक्त कारवाहिमा सयौं आतंककारीहरु मारी सफलता प्राप्त भएको थियो । यस कारवाहीमा उदाहरणिय साहसीक कार्य गरे वापत फष्ट र्राईफल गणको सुवेदार चन्द्र बहादुर कार्की (पछि कप्तान) ले मिलीटरी क्रस तक्मा पाएका थिए । प्रथम विश्व युद्धमा नेपालीकोर् इमान्दार सहयोगबाट अंग्रेज सरकार प्रभावित भै नेपाललाई पूर्ण स्वतन्त्र राज्यको मान्यता दिए । त्यसैगरी श्री ५ महाराजाधिराज लार्इ "हिज हाईनेस" को सट्टा "हिज मेजेष्टी", प्रधानमन्त्रीलाई "हिज एक्सेलेन्सी" को सट्टा "हिज हाइनेस", "नेपाल दरवार" को सट्टा "गर्भमेन्ट अफ नेपाल" को सम्मानको अतिरिक्त वाषिर्क दश लाख रुपैंया प्रदान गरेको थियो ।

हैदरावाद एक्सनमा नेपाली सेना (सन् १९४८)
सन १९४७ मा भारत स्वतन्त्र भएपछि हैदरावादमा भएको मुसलमान राजा र हिन्दु जनताविचको वैमनष्यताले श्रृजित असान्ती नियन्त्रणको लागि तत्कालिन प्रधानमन्त्री जवाहर लाल नेहरुको अनुरोधमा जनरल शारदा शम्शेर राणाले नेतृत्व गरेको १९ पल्टन नेपाली फौज पर् ाई हैदरावाद समस्या नियन्त्रण भएको थियो । उक्त फौज ८ महिना पछि १९४९ को मार्चमा का माडौं फर्कियो ।